काठमाडौं– सुर्खेत प्रहरीले द्वन्द्वकालीन समयका विस्फोटक पदार्थ फेला पारेको छ।
आइतबार सुर्खेत चिङगार्ड गाउँपालिकाको विभिन्न वडाहरुमा निगरानी गर्ने क्रममा विस्फोटक पदार्थ फेला परेको हो।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिट पार्टीका गतिविधिमाथि निगरानी गर्ने क्रममा चिङगार्ड गाउँपालिकाको ७ नम्बर वडामा उक्त विस्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको कमाण्डमा खटिएको टोलीले विस्फोटक पदार्थ, बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक २ किलो, सेफ्टी फ्युज ८ थान, डेटकड अन्दाजी १ मिटर र केप ६० थान फेला पारेको हो।
चिङगार्ड–७ को मध्य लोकमार्गको बाटोको ढुंगामुनि प्लाष्टिकको पोकोमा लुकाएर राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो। उक्त पदार्थ निकै पुरानो देखिएकाले द्वन्द्वकालीन समयकै हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।