काठमाडौं- नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहाकार विष्णु रिमाललगायत सेनाको मुख्यालय जंगी अड्डा पुगेका थिए।
प्रधानमन्त्री ओलीलाई द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगतिबारे प्रधानमन्त्रीसहित उपस्थित सबैलाई 'ब्रिफिङ' गरेका थिए।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डेसमेत थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।