राजविराज- आत्महत्या गर्न छोराछोरीसहित सप्तरीको सप्तकोशी नदीमा हामफालेकी रुक्साना खातुनलका तीन छोराछोरी अझै फेला परेका छैनन्।
सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर की ३५ वर्षिया खातुन शुक्रवार वेलुका ८ बजे सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १, भारदह स्थित कोशी ब्यारेजमा चार छोराछोरी सहित हामफालेकी थिइन्।
रुक्सना र उनका ५ वर्षिय छोरा मो. तहसिलको शनिबार प्रहरीले जिवित्तै उद्धार गरेको छ। तर, ६ वर्षीया छोरी तथा ३ र २ वर्षीय छोरा अझै फेला नपरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
गोताखोरसहित सुरक्षाकर्मीको टोलीले वेपत्ता तीन बालबालिकाको खोजी गरिरहेको उनले बताए।
सप्तकोशी नदीमा पानीको सतह बढेकाले खोजतास प्रभावित भएको मिश्रले बताएका छन्।
उनीहरुको जिवितै उद्धार गर्न सक्ने सम्भावना न्यून भएको उनले प्रतिक्रिया दिए।
रुक्सनाले छोराछोरी सहित आत्महत्या गर्न खोज्नुको कारण समेत हालसम्म खुलिनसकेको प्रहरीले जनाएको छ।
‘हामीले उनका पति र माईतीसँग पनि कुरा गर्यौ तर, कुनै नयाँ कुरा खुलेको छैन,’ डिएसपी मिश्रले भने, ‘सम्बन्धित महिलाबाटै बाँकी कुरा खुल्ने हो। तीन जना छोराछोरी फेला नपरेको र उनी स्वयम् उपचारमै रहेकाले पर्खेर बसेका छौं।’
प्रहरीले महिलाको साथवाट सिरहाको गोलबजारदखि कोशी ब्यारेजसम्मको बस टिकट फेला पारेको छ।
उनले घरदेखिनै आत्महत्या गर्ने मानसिक्ता बनाएरै करिब ५०/६० किलोमिटरको यात्रा गरेर ब्यारेजसम्म पुगेको र चारै जना छोराछोरी बोकेर खोलामा हामफाल्नुले गम्भिर समस्या हुनसक्ने स्थानीयको आँकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।