• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जनप्रतिनिधि नै मानव तस्करीमा, बिस्मिता विदेशमा यातना भोग्दै

64x64
नेपाल लाइभ मंगलबार, भदौ २७, २०७४  १०:५४
1140x725

काँकडभिट्टा (झापा)– मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन्। 

कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन आग्रह गरेकी छन् । 

मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु¥याएको थियो। 

गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुबेत पठाएकी हुन् । मीना मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन्। 

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पु¥याएर बिस्मितालाई घरेलु कामदारका रुपमा बेचेका हुन् कि भन्ने आशंका उब्जिएको छ। 

नौ महिनाअघि कुबेत पु¥याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुबेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन्। 

कुबेतमा बन्दी जस्तै अवस्थामा रहेकी बिस्मिता दर्जीको उद्धार गरी पाऊँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदनसमेत दिएका छन्।  

रासससँगको टेलिफोन कुराकानीमा बिस्मिताले आफूले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा सुनाएकी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

“तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”, कुबेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्, “सबै लागेर मलाई उद्धार गरिदिनुप¥यो, मलाई बचाइदिनुहोस् ।” 

आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग रु एक लाख ५० हजार उल्टै मागेको उनका बुबा राजकुमारले बताए। 

उनले न्यायका लागि नगरपालिकामा निवेदन दिएको बताए। 
“रु एकलाख ५० हजार देऊ, कि तीनजना विदेश पठाउने महिला खोजिदेऊ, अन्यथा मबाट केही हुँदैन, मीना बहिनीले जे गर्नुछ गर भन्नुभयो ”, राजकुमारले भने, “त्यही भएर न्यायका लागि निवेदन दिएको हुँ।” 

बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन सञ्चार माध्यममार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवाला र स्थानीय निकायसँग अपिल गरेका छन्। 

बिस्मिताका पति दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भने “उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस्।” 

उनले जनप्रतिनिधि जस्तो मान्छेबाट यसरी ठगिनु दुःखद भएको बताउँदै भनेका छन्, “तत्काल अपराधीलाई कारबाही र पीडितलाई न्याय होस् ।” 

मानव बेचबिखनसम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाइका लागि भन्न नआएको दाबी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनीरुपमा कुबेत पठाएको स्वीकार गर्दै भनिन्, “उनले यातना पाएको कुरा झुठा हो, मसँग उनको कुरा भइरहेको छ।” 

मीनाले कुबेत पठाउँदा खर्च भएको रु एक लाख ७५ हजार नतिरेको हुँदा त्यही रकममात्र आफूले मागेको बताइन् । उनले जाँदा लागेको पैसा तिरे बिस्मितालाई दशैँपछि फिर्ता ल्याइदिने बताएकी छन्। 

“भन्नेबित्तिकै ल्याउन सक्दिन”, रासससँग मीना भन्छिन्, “म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।” उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने उनले बताइन्। 

अधिवक्ता दीपेन्द्र भट्टराईले गैरकानूनी बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा लाग्ने बताए।  

अधिवक्ता भट्टराईले यस्ता प्रवृत्तिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने बताए। उनले बेचबिखन गरेकै ठहरिए पीडकलाई २० वर्षको जेल सजाय र क्षतिपूर्तिसमेत कानूनमा व्यवस्था भएको बताए। रासस 

प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
‘ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’-अर्थमन्त्री वाग्ले आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्