काठमाडौं- कलाकार जोडी अनुप बराल र दिया मास्के वैवाहिक बन्धनमा बाँधिएको आज पाँच वर्ष पुगेको छ।
वर्षगाँठको खुसी साट्ने सबैको आ–आफ्नै शैली हुन्छन्। अनुप–दियाले पनि आफ्नै शैलीमा खुसी साटे, गहिरो चुम्बनसहितको तस्बिर सार्वजनिक गरेर।
झट्ट हेर्दा त्यो चुम्बन गरिरहेको दृश्य लाग्ला तर गहिरिएर बुझ्दा त्यो उनीहरुविच गहिरो प्रेमको संकेत पनि हो।
यो तस्बिर राति १२ बज्नासाथ दियाले अनुपलाई एनिभर्सरीको शुभकामना दिँदै आफ्नो फेसबुकमा राखेकी हुन्। तस्बिरमाथिको स्ट्याटसमा उनले लेखेकी छिन्,‘असली प्रेमको कुनै अन्त्य हुँदैन।’
रंगमञ्चबाट अभिनयमा चम्किएका अनुप र दियाले बिहे गर्नु १२ वर्षअघि लोकप्रिय टेलिसिरियल ‘दलन’मा पति–पत्नीको भूमिका निर्वाह गरेका थिए। उनीहरुविच लामो समय गुरु–चेलीको सम्बन्ध थियो। पछि गएर यही सम्बन्ध श्रीमान्–श्रीमतीमा परिणत भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।