काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र विमानस्थलको संयुक्त टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कतारको राजधानी दोहाबाट हिमालयन एयरलायन्समा काठमाडौं आएका मोरङका लिलाबहादुर बस्नेत र नेपाल एयरलायन्समार्फत् आएका नवलपरासीका वीरबहादुर थारु छन्।
उनीहरुले बच्चाले प्रयोग गर्ने डाइपरमा लुकाएर सुन ल्याएका थिए।
डाइपरमा र्याप गरेर सर्टको टाँकको आकार बनाएर सुन तस्करी भएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरु दुबै भरिया भएको प्रहरीले जनाएको छ। बरामद सुनको तौल अन्दाजी आधा किलो हाराहारी भएको प्रहरीले जनाएको छ।
अहिले सुन परीक्षण र तौलका लागि पठाइएको छ भने पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।