काठमाडौं- नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा प्रदर्शन गरेका छन्।
भारत सरकारको दबाबमा सरकार पछि हटेको भन्दै विद्यार्थी नेताहरुले आपत्ति जनाए। आयातित तरकारी र फलफूल विषादीयुक्त खान बाध्य पारिएको उनीहरुको आरोप थियो। सरकारको विरोधमा निकालिएको र्याली पछि पुतलीसडकमा विद्यार्थी नेताहरुले सरकार आफ्नो निर्णयबाट पछि हटेकोप्रति आपत्ति जनाए।
भारतबाट आयात हुने फलफूल तथा तरकारी सीमा क्षेत्रमा परीक्षण गर्ने निर्णय तत्काललाई सरकारले स्थगित गरेको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि पूर्वाधारको अभाव रहेको जनाउँदै स्थगित गरिएको थियो। पूर्व निर्णयबाट सरकार भारतीय दबाबमा पछि हटेको भन्दै दलका नेताहरु पनि आपत्ति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।