पोखरा – पोखराको छोरेपाटनबाट लामाचौरतर्फ गइरहेको ग ३ प ३०६८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको नम्बर नखुलेको पल्सर मोटरसाइकल आज पोखरा लेखनाथ महानगरपालिका–१६ दीपमा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा ग ३ प ३०६८ नंको मोटरसाइकल चालक पर्वतको त्रिवेणी गाउँपालिका–७ बस्ने ४४ वर्षीय कुलबहादुर राना सख्त घाइते भई उपचारको लागि फिस्टेल अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।
छोरेपाटनबाटै लामाचौरतर्पm गइरहेको ग १ ख ६४५१ नंको माइक्रोबस र सोही दिशाबाट गइरहेको सो मोटरसाइकलले माइक्रोबसलाई उछिन्न खोज्दा विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किएर मोटरसाइकल अनियन्त्रित भएर बसको टायरमा पर्न गएको बताइएको छ।
फरार पल्सर मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।