राजविराज- सप्तरीमा शनिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक सिरहाको धनगढी नगरपालिका–१ का ३० वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका-५ मा पूर्व जाँदै गरेको ग.१ ख ३७८८ नम्वरको वसले सोहि दिशामा जाँदै गरेको स.११ प ९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करवाट चौधरी गम्भीर घाईते भएका थिए।
उपचारका लागि सिरहाको लाहान स्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा भर्ना गरिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।