सान्टीयागो – चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ।
उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन्।
भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी भएको पनि उक्त केन्द्रले बताएको छ।
चिली विश्वको तुलनामा बढी नै भूकम्प जाने देशमा पर्दछ । चिलीमा सन् २०१५ मा ८।२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।