बर्दिवास- एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ/नगर बस्तीमा खुसी छाएको छ।
गत सोमबारदेखि बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत मिलेको हो।
गत सोमबारदेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बहँदा यहाँका बासिन्दा जाडोले कठ्याङ्ग्रिएर बस्नुपरेको थियो। बिहीबार दिउँसो जिल्लाको उत्तरी क्षेत्रमा घाम देखिए पनि आज पाँच दिनपछि घाम देखिएको हो।
न्यानो भएपछि यहाँका बजारमा ह्वात्तै चहलपहल बढेको छ। जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन्। पारिलो घाम लागेपछि स्कुले नानीहरु खुशीले दङ्ग पर्दै खेलकुद र पठनपाठनमा लागेका देखिन्छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।