काठमाडौं– मानव तस्करीका ट्रेल र सोही ट्रेल हुँदै जाँदा कतिसम्म दुःख पाइन्छ भन्ने यथार्थ पछिल्लो समय अखबार र अनलाइनका समाचारबाट प्रष्ट हुन्छ। समाचारहरु प्रकाशन/प्रशारण भइरहेनु भनेको नेपालमा यस माध्यमबाट धेरै पीडित भएका हुँदै गएका छन्।
पछिल्लो समय वैदेशिक रोजगारीको कहालिलाग्दो विषय बन्न पुगेको मानव तस्करीलाई नाटक 'दि फ्लाइट'मा उठाइएको छ। जसको सुरुवात हुन्छ परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधाबाट। प्रमुख पात्रमा सुरु हुने यस किसिमको द्विविधाबाट कतिसम्म उतारचढाव आउँछ भन्ने जान्न नाटक ‘दी फ्लाइट’ नै हेर्नुपर्छ।
गाउँको शक्तिशालि परिवारसँग उक्त पात्रको संघर्ष चल्छ। उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन। उ बाहिर निस्कन पनि सक्दैन। गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतका कोठीमा पुर्याउने धन्दामा अभ्यस्त हुँदै जान्छ त्यो प्रमुख पात्र।

महिलालाई अन्तर्यको सौन्दर्यभन्दा पनि आवरणलाई हेरेर उपयोगको साधन बनाएको सन्दर्भले नाटक हेर्ने दर्शकलाई प्रश्न गर्छ। नाटक क्रमशः अघि बढ्दै जाँदा शक्तिशाली पंक्षी चीलको प्रवेश हुन्छ। त्यसपछि जुन सन्देश नाटकमार्फत् प्रस्तुत गरिएको छ, त्यो चाहिँ समाजको युगान्तकारी छलाङको कसी बन्न पुग्छ।
फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटक ‘दी फ्लाइट’ काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको छ। नाटकमा सामाजिक विषयको उठान गरिएको निर्देशक अलिजेले बताइन्।
.JPG)
‘आर्थिक प्रलोभनले सामाजिक विचलनले बढिरहेको छ। तर, परिवर्तन आवश्यक र अवश्यम्भावी छ भन्ने विषयको उठान नाटकमा गरिएको छ,’ उनले भनिन्, ‘दी फ्लाइटको सन्देश सोच र चिन्तनमा सम्पूर्ण परिवर्तन आवश्यक छ भन्ने नै हो।’
सोलिस पर्फमिङ आर्ट्स र वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टी महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, कल्पना सियोङ सोङ, सुनिल तामाङ, रोशनी कार्कीलगायत २६ जना कलाकारको अभिनय छ।
.JPG)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।