काठमाडौँ- अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन सुरु भएको छ।
नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजको आयोजनामा बिहीबार सुरु भएको सो सम्मेलनमा नेपाल, भारत, मंगोलिया, इटलीलगायत २० मुलुकका ८० जना प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ।
महायानी परम्पराअन्तर्गत गेलुक्पा सम्प्रदायका कुल देवतालाई दोर्जे शुग्देन भनिन्छ।
सम्मेलनमा विश्वमा विभिन्न सम्प्रदायमा विभाजित बौद्ध धर्मावलम्बीलाई वैचारिक रुपमा एकताबद्ध गर्ने, बौद्ध साहित्य, उपदेश र दर्शनलाई सरलीकरण गरी अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्नेलगायत विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।