सन् २०१९ : पहिलो ६ महिनाका टप १० बलिउड फिल्म

नेपाल लाइभ | २०७६ असार २० शुक्रबार | Friday, July 05, 2019 ०६:३०:०० मा प्रकाशित

एजेन्सी– सन् २०१९ काे ६ महिनामा बलिउडले निकै राम्रा फिल्म दिएको छ। यी हुन् यो ६ महिनामा प्रदर्शन भएका बलिउडका टप १० फिल्म:

नम्बर १० : बदला
कलेक्सन  : ८८.०२ करोड
रिजल्ट : हिट

अमिताभ बच्चन र तापसी पन्नु अभिनित यो थ्रिलर फिल्म बक्स अफिसमा हिट भएको छ। सानो बजेटमा बनेको यो फिल्मले सानदार कमाइ गरेको छ।

नम्बर ९ : लुका छिपी
कलेक्सन : ९४.१५ करोड
रिजल्ट : हिट

एउटा अर्को सफल फिल्म कार्तिक आर्यनको खातामा पर्न गएको छ। लुका छिपीको विषय अरु फिल्मभन्दा फरक थियो। त्यसैले यो फिल्मलाई दर्शकले निकै मन पराए।

नम्बर ८ : मर्णिकर्णिका–द क्विन अफ झाँसी
कलेक्सन : ९४.९२
रिजल्ट : फ्लप

नायिकाप्रधान हुँदाहुँदै पनि यो फिल्मले ठिकठिकै व्यापार ग¥यो। तर महँगो लागत भएका कारण यो फिल्मले घाटा व्यहोर्नुप¥यो। फिल्मको घाटा त्यति ठूलो भने थिएन।

नम्बर ७ : दे दे प्यार दे
कलेक्सन : १०२.४० करोड
रिजल्ट : औसत

अजय देवगन अभिनित यो फिल्मले प्रशंसा त निकै बटुल्यो तर कलेक्सन भने अपेक्षाअनुसार गर्न सकेन। बक्स अफिसमा यो फिल्मले लागत त उठायो तर नाफा भने निकै थोरै कमायो।

नम्बर ६ : गली ब्वाय
कलेक्सन : १३९.३८ करोड
रिजल्ट : सेमी हिट

रणवीर सिंह अभिनित यो फिल्मले पनि राम्रै कमाइ ग¥यो। साना सहरमा खासै नचले पनि यो फिल्मलाई ठूला सहरमा भने निकै रुचाइयो।

नम्बर ५ : केसरी
कलेक्सन : १५३ करोड
रिजल्ट : हिट

अक्षय कुमारले नायकको रुपमा अभिनय गरेका फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म सावित भयो केसरी। यो फिल्म बक्स अफिसमा राम्रो प्रदर्शन भयो।

नम्बर ४ : टोटल धमाल
कलेक्सन : १५४.३०
रिजल्ट : सेमी हिट

धमाल सिरिजको यो फिल्ममा थुप्रै कलाकारले अभिनय गरेका थिए। टोटल धमालले बक्स अफिसमा १५० करोड भन्दा बढी कलेक्सन ग¥यो। निर्माण लागत निकै कम रहेकाले यो फिल्मलाई सेमी हिट मानिएको हो।

नम्बर ३ : कबीर सिंह
कलेक्सन : २०० करोड प्लस
रिजल्ट : ब्लकबस्टर

यो फिल्मको सफलताले बलिउडलाई नै आश्चर्यचकित बनाइदियो। दुई हप्ता पनि नपुग्दै २०० करोड क्लबमा सामेल भयो कबीर सिंह। यो फिल्म शाहिद कपुरको करिअरकै सबैभन्दा हिट फिल्म बन्न पुग्यो।

नम्बर २ : भारत
कलेक्सन : २०९.३६ करोड
औसत

सलमान खानको यो फिल्मले केही मुनाफा त कमायो तर खास जम्न भने सकेन। यो फिल्मले ३०० करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको थियो। तर, दर्शकलाई खासै उत्साहित गर्न सकेन।

नम्बर १ : उरीः द सर्जिकल स्ट्राइक
कलेक्सन : २४४.०६
रिजल्ट : ब्लकबस्टर

उरीः द सर्जिकल स्ट्राइकमा कोही सुपरस्टार थिएनन् तर फिल्मको विषय जोरदार भएकाले दर्शकले खुब मन पराए। यो फिल्मले यति ठूलो व्यवसाय गर्छ भन्ने कसैलाई अनुमान नै थिएन।