काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) आफ्नै निर्माण कम्पनी स्थापना गर्ने सरकारको तयारी, एक साताभित्रै ठोस निर्णय आउने भौतिक योजना मन्त्री महासेठद्वारा स्पष्ट। (निर्माण कम्पनी खोल्दै सरकार)
२) समायोजन भएर जाने प्रहरीको बढुवा अन्योलमा, निजामति कर्मचारीको जस्तो बढुवा प्रहरीमा गर्न नसकिने सरकारको भनाइ। (प्रहरी बढुवा अन्योलमा)
३) धुर्मुस–सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न विभिन्न पक्षको आग्रह, निर्माणका लागि वातावरण बनिसकेको मेयर रेणु दाहालको दाबी।(धुर्मुस–सुन्तलीलाई आग्रह)
४) पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश, बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चिली ३–० गोल अन्तरले पराजित । (फाइनलमा पेरु)
५) र, आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चीनको चेतावनी, हङकङमा जारी प्रदर्शनलाई लिएर आन्तरिक मामिलामा दख्खल दिएको भनाइ। (बेलायतलाई चीनको चेतावनी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।