• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

लाहुरेसँग रोमान्स गरिरहेकी ‘गलबन्दी’की लजालु अञ्जली

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १७:४५
1140x725

काठमाडौं– प्रकाश सपुतको लोक गीत ‘गलबन्दी’को दृश्यपट हेर्नुभएको छ? हेर्नुभएको भए प्रकाशसँग दोहोरी खेल्ने लजालु युवती त पक्कै याद गर्नुभएको होला। के थाहा, उनको लजालु मुस्कान देखेर कति प्रशंसकहरू भुतुक्कै भए! 

अनुहारमा लाजको गहना लगाएकी ती युवती हुन्, अञ्जली अधिकारी। ओठमा हल्का गुलाबी लिपिस्टिक, ओठको दाहिने कुनाको माथिपट्टि कालो कोठी र निधारमा गोलो टीका लगाएकी यी कलाकारको लज्जावती छवि त सानो पर्दामा देखिएको हो। तर, उनी ‘रियल लाइफ’मा साँच्चै यस्तै दाँतले ओठ टोक्ने लजालु छिन् त? अञ्जलीसँग प्रत्यक्ष नभेट्ने धेरैलाई जिज्ञासा हुँदो हो– ‘रियल’मा पनि उनलाई कसैले प्रेम प्रस्ताव राख्यो भने मुन्टो तल पारेर मुसुक्क मुस्काराउँछिन् होली त? 

पंक्तिकारलाई पनि यस्तै जिज्ञासा थियो। भेटेपछि त्यो सब मेटियो। पर्दामा जस्ती लजालु रैनछिन्, बरु खुला किताबजस्तै रैछिन् अञ्जली। उनको खुलापन र चञ्चलताभित्र पनि उनका संघर्ष र उपलब्धिका अध्याय लुकेका रहेछन्।


उनलाई भेट्नुअघि पंक्तिकारले एक युट्युब अन्तरवार्ता हेरेर पत्ता लाएको थियो– तीनवर्षअघि उनको एउटा ब्वाइफ्रेन्ड थियो, तर मोडलिङमा आएपछि ब्रेकअप भयो। 

त्यही प्रसंगबारे जिज्ञासा राख्दा काठमाडौं, सिटिसी मल मुनिको कफी सपमा उनी निर्धक्क बोलिरहेकी थिइन्, ‘थ्याङ्क गड, त्यतिबेला ब्वाइफ्रेन्डले ब्रेकअप दियो र त म अहिले यहाँसम्म आइपुगें। ब्वाइफ्रेन्डलाई बोकेर हिँडेको भए त कहाँ पुग्थे कहाँ।’

उनको ब्वाइफ्रेन्ड उनलाई यो क्षेत्रमा काम गरेको देख्न चाँहदैन थिए। त्यसैले मोडलिङमा लाग्ने योजना सुनाएपछि सिधै प्रस्ताव राखे रे,  ‘कि इन्डष्ट्री रोज, कि मलाई।’

‘मैले इन्डष्ट्री रोजेँ,’ यो जवाफ दिइरहँदा अञ्जलीको मुहारमा पिजंडाबाट फुत्किएको सुँगाझै स्वतन्त्रता महसुस हुन्थ्यो। 

अहिलेचाँही को छ नि ब्वाइफ्रेन्ड? जिज्ञासा राखेको थिएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘छैन हौँ,’ मुस्कुराउँदै जवाफ दिएकी थिइन्। 

उनको मुहारले प्रष्टै झल्काउँथ्यो, उनले लुकाइरहेको प्रेम। पटक–पटक घुमाइघुमाइ प्रश्न गरेपछि उनी स्वीकार्न राजी भएकी थिइन्, ‘ब्रिटिस आर्मी हो। अहिलेलाई त्यति बुझ्नुस्।’

लोकदोहोरी म्यूजिक भिडियोका पारखीका लागि अञ्जली नौलो नाम होइन। उनी अहिलेकी व्यस्त मोडल हुन्। धेरैजसो दोहोरी गीतमा उनको अनुहार देख्न पाइन्छ। करिब चार सय हाराहारी म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन्। 

‘गलबन्दी’अघि प्रकाशकै ‘बोल माया’ गीतबाट उनी दर्शकमाझ छाएकी थिइन्। ‘बोल माया’मा गरेको अभिनयकै कारण पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाच्न पाइन्, त्यो पनि चल्तीका फिल्म अनुहार विपिन कार्की र निश्चल बस्नेतसँग। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तीजका बेला त एकै महिना २५ वटा म्युजिक भिडियोमा नाच्न समेत भ्याएकी छन्। अचेल गीत छनोट गरेर काम गर्न थालेकी छन्। छानेर काम गरौं भन्ने त उनलाई पहिलेदेखि नै लाग्थ्यो तर जिविकोपार्जनका लागि त्यो अडानले साथ दिँदैन।  

हाकाहाकी भन्छिन्, ‘म मात्रै होइन, यहाँ सबैजनाले काम गर्ने भनेको पहिला त पैसाकै लागि हो। त्यसपछि अरु कारण आउने हुन्। मान्छेले यत्रो दुःख गर्ने खान–लाउनकै लागि त हो, पैसाकै लागि त हो।’

अञ्जलीको घर बर्दिया, बासगढीमा हो। धेरैलाई उत्सकुता हुँदो हो– बर्दियाकी अञ्जली कसरी आइपुगिन् यो मोडलिङ दुनियाँमा? 

कहानी रोचक छ। अञ्जलीको मोडलिङ रहर सानैदेखिको थियो। बच्चैदेखि उनी स्कुलमा हुने डान्स कम्पिटिसनमा भाग लिन्थिन्। फस्ट पनि हुन्थिन्। पढाउने गुरुहरूले पनि तारिफ गर्थे, ‘तँ साह्रै राम्रो नाच्छस्’ भन्दै।

कसैले उनलाई ‘तँ ठूलो भएर के बन्छ्स्’ भनेर सोध्थ्यो भने उनको रेडिमेड जवाफ हुन्थ्यो, ‘म हिरोनी बन्छु।’

चार वर्षअघिको कुरा हो। एकदिन बासगढीमा ठूलो महोत्सव चलिरहेको थियो। महोत्सवमा काठमाडौंबाट शंकर विसी, बद्री पंगेनी, पशुपति शर्मा लगायत कलाकार गएका थिए। 

जब बद्री स्टेजमा उत्रिए उनले स्टेजबाटै नृत्य प्रतिष्पर्धा घोषणा गर्दिए। प्रतिष्पर्धाको सर्त थियो, ‘म यहाँ स्टेजमा गाउँछु र यहाँ स्टेज तल जसले सबैभन्दा राम्रो नाच्छ उसलाई पाँच सय रुपैयाँ पुरस्कार दिन्छु।’ 

सानैदेखि नाच्नमा अगाडि अञ्जलीलाई त्यो घोषणाले किन आकर्षित नगरोस्। बद्रीले स्टेजमाथि गाउँदा स्टेजमुनि उनले दिल खोलेर नाचिदिइन्। बद्री प्रभावित भए, पुरस्कार पनि उनैलाई दिए। 

अञ्जली त्यो दिन पाँच सय रुपैयाँ पुरस्कारमात्रै पाइनन्, बद्रीसँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने मौका पनि पाइन्। आफ्नो कलाकारिता रुचिबारे खुलेर कुरा राखिन्।  

त्यसपछि बद्री एक चान्स दिलाइदिने आश्वासन दिए। त्यसको केही समयपछि बद्रीकै एउटा गीतमा उनले काम गर्ने मौका पाइन्। काम राम्रो भयो। धेरैको नजरमा पर्न थालिन्। अफर गर्नेहरू बढ्दै गए। 

‘यसरी म यहाँसम्म आइपुगें,’ उनी अहिले आफ्नो सफलतारको रफ्तारदेखि दंग छिन्। 

तर यति नै उनको लक्ष्य होइन। हिरोइन त अझै हुनु नै छ। फिल्मका धेरै प्रस्तावहरू अस्वीकार गरेको दाबी गर्ने उनी हालसालै ‘प्रेमगीत–३’फिल्मका लागि भने अडिसन दिनसमेत पुगिन्। 

धेरैलाई लागेको थियो– फिल्मको प्रमुख भूमिकामा उनी नै छानिन्छिन्। तर त्यस्तो भएन। ‘गीत’ पात्रका लागि उनी फिट नहुने भएर उनलाई छानिएन। ‘तर, उनमा सम्भावना छ,’ अडिसनमा जुरीका रुपमा सहभागी भएका ‘प्रेमगीत–३’ निर्देशक एवम् निर्माता सन्तोष सेन भन्छन्। 

भनिरहनुपर्दैन, फल जति मिठो हुन्छ, त्यसलाई फलाउन लागि गरिने संघर्ष त्यति नै धेरै। अञ्जलीका लागि ‘गलबन्दी’सम्मको यात्रा सोचेजस्तो सहज कहाँ थियो त! 

संघर्षका यो चार वर्ष उनका लागि सोचेजस्तो सहज थिएन। 

‘एउटा छोरी मान्छे भएर इन्डष्ट्रीमा लागिसकेपछि विभिन्न खाले प्रश्नहरु उठ्छन, त्यसलाई सहनुपर्ने रहेछ,’ एकाएक भावुक भइन् अञ्जली ।

अनि, मनभित्र रहेका गुनासोको पोका फुकाउन थालिन्, ‘जस्तो, मेरै गाउँघरमा पनि म दोहोरीमा नाच्न आइपुगेको पचेको थिएन। मेरै घरमा ममीलाई छरछिमेकले प्रश्न गर्थे। समाज त त्यस्तै हुनेरैछ। ए छोरीलाई त्यहाँ पठाइस्,अब बिग्रिन्छे, अब भत्किन्छे, अब बर्बाद हुन्छे भन्दै टिप्पणी गरेछन्। अरु त अरु मेरो ममीलाई ड्याडी र दाईलेसम्म टर्चर दिनुभयो त्यतिबेला। तर ममीको चाँहि सधैँं पूरा सहयोग थियो।’

एसएलसी सक्नेबित्तिकै छोरी हुर्की भन्दै उनको घरमा बिहेको कुरा चलेको रहेछ। त्यतिबेला तिनै ममी थिइन्, उनलाई पाँच सय रुपैयाँ खर्च दिएर नेपालगञ्जबाट काठमाडौंसम्मको गाडी चढाउने। त्यो पनि गीतको सुटिङ गर्न।  त्यो पनि घरमा कसैलाई थाहै नदिइकन।

त्यसपछि त गाउँमा अनेक हल्ला चलेछन्। उनी ड्राइभरसँग कुलेलाम ठोकेको आरोप लागेछ। ‘त्यतिबेला ममीलाई धेरै टर्चर दिएछन्,’ अञ्जली सम्झिन्छिन्, ‘बाबाको सपना स्टाफ नर्स बनाउने थियो त्यसैले रिसाउनुभएको थियो। जब मेरा भिडियोहरू रिलिज हुन थाले, त्यसपछि उहाँ पोजिटिभ हुन थाल्नुभयो। अहिले त ममीभन्दा बढी मेरो भिडियो बाबाले बढी सेयर गर्नुहुन्छ।’

त्यतिमात्रै कहाँ हो र! अहिले त दृश्य पूरै बद्लिसक्यो। अहिले त बुबा भन्नुहुन्छ रे, ‘उमेर पुगेपछि मात्रै बिहे गर्नुपर्छ है।’ ममीलाई टर्चर दिने त्यही समाज अहिले सोध्छ रे, ‘छोरी कहिले आउँछे?’ 

अनि, जुन दिन अञ्जरी घर पुग्छिन्, त्यही समाजका मान्छेहरु लाइन लागेर भेट्न आइपुग्छन्। फोटो पनि खिचाउँछन्। ‘यो सबै समयको खेल रहेछ,’अञ्जलीलाई आज त्यस्तै लाग्छ। 

धेरैलाई थाहा नहोला, अञ्जली काठमाडौं आएपछि करिब डेढ वर्ष बद्री पंगेनीको निरमाया दोहोरी साँझमा नाचिन्। त्यहाँ नाच्दा सुरुसुरुमा केटी मान्छे भनेर सबैले हेप्न खोज्थे। अलिअलि म्यूजिक भिडियोको अफर त आउँथ्यो तर अफर गर्नेहरूको नियत पनि सफा हुन्थेन। 

‘तर म आफ्नो कुरामा सधैं अडिग हुन्थेँ,’ अञ्जली सम्झिन्छिन्, ‘मैले कहिल्यै नराम्रो काममा हात हाल्न परेन। कुन बाटो जाँदा राम्रो हुन्छ, कुन बाटो जाँदा राम्रो हुँदैन, त्यो आफूमा भर पर्ने रहेछ।’

दोहोरीमा काम गर्दाताका उनले ठूलो पीडा भोगिन्। त्यतिबेलै उनका बाबा बिरामी भए। उपचारका लागि तीन महिना सिभिल हस्टिपटलमा राख्नुपर्‍यो। घरमा आर्थिक स्थिति राम्रो थिएन। त्यसैले दोहोरी साँझमा नाचेर कमाएको तलब र टिप्सबाट बाबाको उपचार गर्नुपर्थ्यो। 

‘दुई वर्षसम्म त काठमाडौंमा मेरो आफ्नो कोठा पनि थिएन,’ अब अञ्जलीको आँखा थोरै रसाएजस्तो देखिए। तर, उनी निरन्तर बोलिरहेकी छन्, ‘म त्यतिबेला दोहोरी साँझकै दिदीहरूसँग रुम सेयर गरेर बस्थेँ। ६ महिना एउटाकोमा, १ महिनाको अर्कोमा। त्यस्तैत्यस्तै गरेर दुई वर्ष कटाएपछि बल्ल आफ्नै एउटा रुम लिन सकेँ। रुम लिए पनि बेड लिन सकिएन। म्याटमै सुतियो धेरै समय।’

जे होस्, आज समय फेरिएको छ। खानलाउनको कुनै दुःख छैन उनलाई। भन्छिन्, ‘खुसी छु, सुखी छु।’

कुराकानीको अन्त्यमा संवाददाताले अञ्जलीसँग एउटा जिज्ञासा राखेको थियो, ‘यो मनोरञ्जन क्षेत्रको सबैभन्दा चित्त दुख्ने पाटो के रहेछ?’ 

जवाफ सुन्दा थाहा भयो, नकरात्मक कमेन्टहरुलाई उनको कोमल मन छिटो भत्काउदो रहेछ। 

केही समयअघि एउटा अवार्ड कार्यक्रममा उनी कपाललाई कर्ली बनाएर गएकी थिइन्। कुनै पनि किसिमको अंग प्रदर्शन गरेको  थिइनन् रे। तर, कपाललाई लिएर हेर्न नहुने, पढ्नै नसकिने कमेन्ट्स आएछ। जसलाई उनी आजसम्म बिर्सिन सकेकी छैनन्। 

‘मैले लङ ड्रेस लाको थिएँ, अंग प्रदर्शन पनि गरेको थिइनँ,’ उनले गुनासो पोखिन्, ‘तर, कपाल त्यस्तो गरेको भन्दैमा यसरी गाली गर्नुभयो कि घरबाट ममी ड्याडीसम्मको फोन आयो। कलाकार भएर कर्ली कपाल गर्नै नपाउने हो र? कहाँको नियम हो त्यस्तो?’

मान्छेहरुले मुखै छाडेर गाली गरेको थिए रे। ‘लास्टै चित्त दुखेको थियो त्यो बेलामा,’ थप भन्दै थिइन्, ‘अर्चना पनेरुदेखि दुनियाँको पोर्न मुभी हेर्न हुने? मेरो कर्ली कपाल हेर्न नहुने? कहाँको नियम हो त्यो?’

प्रतिक्रिया सुनेपछि ममीले रुँदै फोन गरेर भन्नुभएछ,‘यस्तो काम नगर, छोडिदेऊ।’

‘अनि चित्त दुख्दैन त, आफै भन्नुस् न !,’ उनको गुनासोसँगै कुराकानी टुंगियो। 

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्