काठमाडौं– प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने अखडामा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराधा महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीलेको टोलीले बुधबार छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका–५ घर भई ललितपुर धोबीघाट बस्ने ४० वर्षीय मुनाल कुमरा मोक्तान, सिन्धुपाल्चोकको सानो सिरुबारी गाउँपालिका–२ घर भई चाबहिल बस्ने ३८ वर्षीय राजकुमार श्रेष्ठ, काठमाडौं तिलगंगाका ३८ वर्षीय राधेश्याम नगरकोटी र काठमाडौं कागेश्वरी मनहराका २७ वर्षीय रुपेन्द्र दर्जी छन्।
उनीहरुले काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर ठगी गरेको अपराध महाशाखाले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट यातायत व्यवस्था विभागको नगदी रसिद ६० थान, कम्प्युटर १ सेट, प्रिन्टर १ थान, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प २ थान, तोसिबा कम्पनीको ३२ जिबीको पेन ड्राइभ १ थान, पिभिसी पेपर ३० थान, क्यामेल लेखिएको स्टयाम्प १ थान, काउन्सुलर अफिस लेखिएको छाप १ थान, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप १ थान र विभिन्न व्यक्तिहरुको नागरिकताको प्रतिलिपि बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।