काठमाडौं– दशक लामो सशस्त्र द्वन्द्वले छाडेर गएका घाउ अझै चहराई रहेका छन्। बिर्सिनु पर्ने घाउलाई पुनः सम्झिरहनु परेको छ– सरकारसँग न्याय माग्नका लागि।
बिहीबार राजधानीको आर्ट काउन्सिलमा दशक अघिका ती दिनको सम्झना भयो जहाँ द्वन्द्वमा सरकार र विद्रोही पक्षबाट पीडित भएकाहरूको फोटो, नाटक र वृत्त चित्रमार्फत देखाइयो।
महिला कानुन र विकास मञ्चले जुराएको यो जमघट ‘न्यायको प्रतिक्षा : द्वन्द्वपीडित सम्बन्धी फोटो प्रदर्शनी’ थिममा भएको थियो।
यो प्रर्दशनीको उद्घाटन र अवलोकन गर्न आइपुगेका थिए राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी, र विभिन्न दिवेशी कुटनीतिक नियोगका प्रतिनिधि आएका थिए।
कार्यक्रमको आयोजकले चाहिँ द्वन्द्वका ती दिनको सम्झना गराउनुको उदेश्य पीडितलाई न्याय दिन राज्यलाई झकझाउनु रहेको बताएका छन्।
पीडितको थप पीडा यी तस्बिर/ भिडियोबाट :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।