• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हनुमन्ते करिडोर निर्माणकार्य रोकिँदा स्थानीय सशंकित, सांसद भन्छन्- रोक्न खोजे पन्छाएर गइन्छ

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १०:५८
1140x725

–रमेश गिरी/रासस

काठमाडौं- वर्षायाम सुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा संशकित बन्ने गरेका छन्। वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा छन् यहाँका बासिन्दा।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाको कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौं घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो।

यस वर्ष हनुमन्ते करिडोर निर्माण सुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भू-माफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै हनुमन्तेको बाढी यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा छन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा ४ किलोमिटर करिडोर निर्माण गर्न सरकारको ८१ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य सुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताए। उनले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए सुरु गर्न सकिने बताए।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने बागमतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी ९ किलोमिटर लामो छ। तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो। नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताए।

उनले भने, 'यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ।'

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पुर्‍याउनु गलत भएको उनले बताए। उनले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने ७ रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भू-माफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ। राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भू-माफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताए।

स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भू-माफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताउँछन्। मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताए।

चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २ सय कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताए। उनले भने, 'हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ।'

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो।

Xtrem

Xtrem

सहमतिअनुसार नै सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो।

यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः सुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः सुरु गर्ने पहल भइरहेको बताए। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने जिकिर गरे।

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताए। (तस्बिर- ठिमी टाइम्स)

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्