• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

साउदी जेलबाट जलेश्वर रिहा हुने भएपछि खुशी सुकराम, भने- अब छोरालाई यहीँ ट्रक चलाउन लगाउँछु

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  २०:३८
1140x725

काठमाडौं- ‘तपाईँको छोरालाई जेलमुक्त गर्न आवश्यक पैसा (ब्लडमनी) जम्मा भयो, तपाईँ काठमाडौं आउनु पर्‍यो। म तपाईँलाई रकम आजै हस्तान्तरण गर्छु। काठमाडौ रिपोर्टस् क्लबमा तपाईँ बुधबार दिउँसो २ बजे आइपुग्नु पर्‍यो,’ सामाजिक अभियान्ता सागर लामिछानेले जलेश्वरका बुबा सुकराम महतोलाई फोनमा भने। 

यो खबरले सुकराम निकै खुसी भए। विगत ३ वर्षदेखि धमिलिएको उनको मन हर्षले उज्यालो भयो।

उनी हतारहतारमा काठमाडौंको तयारी गरेर बिहान ९ बजे नै बस चढे। 

दिउँसो २ बजे काठमाडौं आइपुग्ने गरी समय मिलाएर घरबाट निस्केका सुकराम ठाउँठाउँमा ट्राफिक जाममा परे। दिउँसो २ बजे काठमाडौंमा आइपुग्नै सकेनन्। 

सामाजिक अभियन्ता सागरले फोन गरेर सोधे, ‘कहाँ आइपुग्नु भयो?’

नागढुंगा’ उनेले फोनमा उत्तर फर्काए। 

क्यामेरा ठिक्क पारेर थुप्रै पत्रकार सुकरामको प्रतीक्षामा बसेका थिए। 

झन्डै साढे ३ बजे सुकराम रिपोर्टस् क्लबमा आइपुग्छन्। 

Ncell 2
Ncell 2

सुकराम खुसी हुँदै बल्लतल्ल रिपोर्टर्स क्लब पुगे। 

हतास मुद्रामा, पसिनैपसिना भएका सुकराम कुर्सीमा थचक्क बस्छन्। 

उनलाई सामाजिक स्वयंमसेवक नेपालका अभियन्ता सागर लामिछानेले जलेश्वर चौधरी बचाउ अभियानबाट संकलित ३८ लाख १५ हजार रकमको चेक हस्तान्तरण गर्छन्। 

चेक हस्तान्तरण गर्ने क्रममा पनि सुकराम खुसी मुद्रामा भने देखिएका थिएनन्। 

‘खोइ त मुस्कुराउनु भएको?, अब त तपाइँको छोरा नेपाल आउँदै हुनुहुन्छ, मुस्कुराउनुस् न,’ सुकराममाथि खुसीको अपेक्षा राखिन्छ। 

तर अहँ मुस्कुराएनन् सुकराम। 

खुसी छु, तर छोरा आएपछि मनैदेखि मुस्कुराउँछु। छोराआएपछि मुस्कुराउने भन्दै मुस्कान आफैँ भित्र थाति राख्छन् सुकराम। 

छोरालाई जेलमुक्त गर्न संकलित ३८ लाख १५ हजारको चेक लिन्छन् र अब छोरा नेपाल आएपछि नेपालमै ट्रक चलाउन लगाउने प्रण गर्छन्। 

‘अब छोरालाई विदेश पठाउँदिनँ, नेपालमै ट्रक चलाउन भन्छु,’ सुकरामले खुसी हुँदै भने। 

आफू कति वर्ष भनेर सुकराम आफैँलाई थाहा छैन। ‘४५ वर्ष भएँ होला’ आफ्नो उमेर अड्कल काटे। 

सुकरामका दुई जना छोरा छन्। जलेश्वर उनका कान्छा छोरा हुन्। 

‘पारिवारिक अवस्था कमजोर छ। जेठो छोरो हामीसँग बस्दैन, कान्छो जलेश्वर साउदी गएपछि घरमा हामी बुढाबुढीमात्रै छौँ,’ सुकरामले सुनाए। 

छोरा जलेश्वरलाई जेलमुक्त गर्न रकम संकलन अभियान चलाउने सागर लामिछानेलगायत रकम सहयोग गर्ने सम्पूर्णप्रति सुकरामले आभार व्यक्त गरे। 

४ वर्ष अगाडी हेभी ट्रक चालकका रुपमा साउदी पुगेका जलेश्वर साउदी अरबस्थित अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत थिए। 

जलेश्वरले चलाएको ११०८१३० प्लेट नम्बरको ट्रकमा साउदी नागरिककै कारले ठक्कर दिन आई घट्नास्थलमै साउदी नागरिकको मृत्यु भएको थियो।

हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरसँग सवारी चालक अनुमति पत्र नभएका कारण साउदीको अदालतले जलेश्वरकै शतप्रतिशत गल्ती भएको ठहर गर्यो। उनलाई ३ लाख साउदी रियाल ब्लडमनी तिर्नुपर्ने फैसला सुनाइयो। 

मृतकका परिवारले आधा रकम मिनाहा गरेपछि १ लाख ४८ हजार ९ सय ५८  साउदी रियाल अर्थात् ४२ लाख ६० हजार १ सय ९८ नेपाली रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको  छ।

कम्पनीले उनलाई साउदीको लाइसन्स बिना ट्रक चालकका रुपमा काम लगाएको थियो। 

कम्पनीले आफूलाई लाइसेन्स उपलब्ध गराउन आनाकानी गरेकाले कम्पनीसँग कुरा गरी लाइसेन्सका लागि पहल गरिदिन भन्दै जलेश्वरले उनी गएको जिआर म्यानपावर कम्पनीमा खबर गरेका थिए। 

तर म्यानपावरले वेवास्ता गरेपछि उनी बिना लाइसन्स ट्रक चलाउन बाध्य थिए। 

म्यानपावरको बेवास्ता र कम्पनीको लापरबाहीका कारण जलेश्वर जेलजीवन बिताउन बाध्य भएको सामाजिक अभियन्ता सागर लामिछाने बताउँछन्। 

सामाजिक अभियन्ता लामिछानेले आवश्यक रकम संकलन गरेर बुधबार जलेश्वरका बुबा सुकरामलाई हस्तान्तरण गरिसकेका छन्। 

बाँकी ४ लाख ४५ हजार ९ सय ५८ रुपैयाँ रकम गैह्रआवासीय नेपाली संघ साउदीले सहयोग गर्ने भएको छ।

सो रकम परराष्ट्र मन्त्रालयमार्फत् साउदीस्थित अदालतमा पेस गरेसँगै केही दिनमै साउदीबाट जलेश्वर चौधरी जेलमुक्त हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्