काठमाडौं- चर्चाका लागि कलाकार ज्योति मगर अनेक फन्डा गरिरहन्छिन्। शृंगारका सामग्रीसहित सारीचोलो लगाएर रोपाइँ गरेको तस्बिर खिचाएर होस् या स्टेजमा 'भद्दा' प्रस्तुति दिएर, उनलाई चर्चामै आउनैपर्छ। गायन कलाभन्दा पनि बढी अरु नै कारण उनी विवादमा आइरहन्छिन्।
पछिल्लो समय उनका लागि दर्शकको ध्यान खिच्ने अर्को माध्यम फेसबुक पनि भएको छ। दिनहुँ अनेक स्टाटस राख्छिन्। कहिले उत्पट्याङ लेख्छिन् त कहिले भावुक भएर। कहिले ‘म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर’ भन्दै आलोचकहरुलाई व्यंग्यसमेत गर्छिन्।
आजकै कुरा गरौँ, १८ वर्षमाथिलाई कमेन्ट गर्न अनुरोध गर्दै उनले एउटा स्टाटस लेखेकी छिन्। वर्षौंदेखि ‘सेक्सको अनुभव गर्नुभएको छ’ शैलीको प्रश्न झेल्दै आएकी उनले एउटा रमाइलो प्रश्न गरेकी छिन्, ‘हाम्रो संस्कारमा बिहेअगाडि केटी कुमारी हुनुपर्छ तर केटा कुमार नभए पनि हुन्छ, ‘बाइ दि वे’ केटा कुमार नरहनलाई के गर्छन् होला?’

अहिलेसम्म सिंगल उनले थप भनेकी छिन्, ‘यसो सोच्दा त वैवाहिक पुरुषहरुले पो बलिदान दिनुपर्ने हुन्छ त संस्कार अनुसार। नत्र गणितको हिसाब नै नमिल्ने भयो के!’
गहिरिएर बुझ्ने हो भने उनको यो स्टाटसले गम्भीर संकेत गर्छ। त्यही भएर त होला, कमेन्ट बक्समा ‘आई एम स्टिल भर्जिन है’ भनेर प्रतिक्रिया आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।