वीरगञ्ज(पर्सा)– प्रदेश नं २ को एकमात्र महानगरपालिका तथा नेपालको वाणिज्य नगर समेटिएको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख र उपप्रमुखका उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसार भ्याई नभ्याई भएको छ ।
महानगर निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार साँझ मात्र ६ देखि ८ बजेका बीचमा वडा नं १५, २५, १७, १९,२०, २४,२५, २४, २६, र २७ मा कोणसभा कार्यक्रम राखिएको थियो।
महानगरपालिकाका सबै वडाका टोलहरुमा नगर प्रमुख, उपप्रमुख उपस्थितिको माग बढिरहेको र उम्मेद्वारहरु मौन अवधिको चापमा पर्न लागेको हुनाले एकैदिन धेरै वडामा कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था आईपरेको हो।
निर्वाचन परिचालन समितिले दिएको जानकारीअनुसार सोमबार साँझ ६ बजेदेखि वडा नं १५ को लछुमनवा र १७ को अलौंमा कोणसभा आयोजना भयो।
लछुमनवाको कोणसभाको जिम्मेवारी इश्वरभक्त श्रेष्ठ,प्रकाश उपाध्याय, किरण सरकार,रामनारायण कुर्मी ,श्याम पटेल र सन्तोष सिंहलगायतका जिल्ला र नगर नेताहरुलाई दिइएको थियो। त्यस्तै अलौको कोणसभाको जिम्मेवारी राजेन्द्रबहादुर अमात्य, शम्भुहजारा पासवान, राजकृष्ण अमात्य, मो. सत्तार र रामनारायण पटेललाई दिइएको छ।
साँझ ७ देखि वडा नं २५ कोसिर्सिया र वडा नं २६ को सुगौलीमा कोणसभा हुनेछ। सिर्सियाको कोणसभालाई सांसद अनिल रुंगटा, ओमप्रकाश शर्मा, श्याम पोखरेल, विजय शर्राफ, वीरेन्द्र पटेल र बैकुण्ठ श्रीवास्तवले व्यवस्थापन गर्ने जिम्मेवारी लिएका थिए। सुगौलीको कोणसभालाई मो.सत्तार, राजेन्द्रबहादुर अमात्य, रामरुपकुर्मी, विजय कर्ण, बनेल राम, प्रेमचन्द दूवे र रोशन लामिछानेले व्यवस्थापन गरेका थिए।
यस्तै साँझ ८ बजे वडा नं २० को हरपतगञ्ज र २४ को रामगढवामा कोणसभा भएको थिया। हरपतगञ्जको कार्यक्रमलाई श्याम पोखरेल,दीलिप कार्की,राकेश यादव, राधेश्याम चौरसियाले व्यवस्थापन गरेका थिए भने रामगढवाको कार्यक्रमलाई ओमप्रकाश शर्मा, राजनाथ ठाकुर, राकेश सिंह,रामरुप कुर्मी, रिना गुप्ता,नरेन्द्र शाह र प्रेमचन्द दूवेले व्यवस्थापन गरेका थिए।
सोही समयमा वडा नं २७ को उदरपुर घुर्मीमा पनि कोणसभा राखिएको थियो, जसमा पुनेल राम, राकेश यादव र विजय कर्णले व्यवस्थापनको जिम्मा लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।