• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाढीले निम्त्याउँदै जोखिम, विपद् व्यवस्थापनमा स्थानीय सरकार नै अन्योलमा

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  १५:०५
1140x725

इटहरी– २०७४ साउन २७ गते आएको बाढीले इटहरी १० कि निर्मला विक घरबारविहीन बनिन्। त्यसयता डेरामा बस्दै आएकी उनी ६ महिनाअघि खोला किनारको पुरानै स्थानमा बस्न थालेकी छन्। बाढी र कटान क्षेत्रमा बाँध नबाँधिएका कारण बर्खाको मौसम सुरु हुनासाथ मुटुमा चिसो पस्ने गरेको उनी बताउँछिन्। 

उनी जस्तै ४०८ घरपरिवार सोही बाढीको कारण विस्थापित भएका थिए। धेरैजसो पुरानै स्थानमा घर बनाएर बसिसकेका छन्। केही भने पुरानै घटना दोहोरिने भन्दै डेरा छाड्न सकेका छैनन्।

सुनसरी र मोरङको सिमानामा बग्ने बुढीखोलामा आएको बाढीबाट प्रभावितहरु अझैसम्म सुरक्षित महसुस गर्न नसकेको बताउँछन्। 

अझैसम्म खोलामा तटबन्धन हुन नसक्दा खोला किनाराकै छाप्रोमा बस्न बाध्य भएको इटहरी उपमहानगरपालिका ३ का कुमार नगरकोटीको भनाइ छ। 'स्थायी घर बनायो भने बाढीले फेरि भत्काइदिने डरले छाप्रोमा बसिरहेका छौं,' उनी भन्छन्।

स्थानीय सरकारको प्राथमिकतामा नपरेको कारण अझैसम्म त्रासमै जीवन बिताउनुपरेको पिडितहरुको गुनासो छ। इटहरी मात्र होइन प्रदेश १ का झापा मोरङ र सुनसरी डुबान र कटानको उच्च जोखिममा छन्। त्यस्तै पहिरोको उच्च जोखिममा रहेका पहाडी जिल्लाका लागिसमेत कुनै तयारी देखिँदैन। 

सुनसरीका बुढी, सुनसरी र सेरा खोलाले बर्सेनि डुबान र कटान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार हरेक वर्ष २ हजार घरपरिवार डुबान र कटानबाट प्रभावित हुने गर्छन्। झापामा पनि दर्जनभन्दा बढी खोलाले विपद् निम्त्याइरहेका छन्। 

मोरङको लोहान्द्रा, चिस्याङ, रतुवा, बक्रहा र गछिया खोलाका कारण ५ हजार परिवार डुबान र कटानबाट प्रभावित हुने गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। उनका अनुसार हरेक वर्ष डुबान र कटान पीडितहरुको उद्धारमा प्रशासनले काम गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हाल जिल्ला प्रशासन कार्यलयको मातहतमा सुरक्षा संयन्त्र मात्र रहेकाले बाँकी काम स्थानीय तहले नै हेर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकार उप्रेती बताउँछन्। 'जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि आवश्यक सामग्री तयार पारेको छ। बाँकी काम स्थानीय तहले नै गर्नुपर्ने हुन्छ।

तर स्थानीय सरकारले त्यसको पूर्वतयारी नथाल्दा जोखिम बढ्न सक्ने देखिएको छ। इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम स्थानीय सरकारसँग जनशक्ति अभाव भएका कारण तयारी नभएको बताउँछिन्। 'केही स्थानमा बाँध बाँध्ने काम भएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा उद्धारका काम अगाडि बढ्छ,' उनले भनिन्। तर कसरी गर्ने र के कस्तो तयारी भएको छ भन्नेबारे उनी अनभिज्ञ छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले पनि जनशक्तिको अभाव रहेको बताउँछिन्। गाउँपालिकाले विपद् व्यवस्थापन समिति गठन गरेको र स्थानीय  प्रशासनलाई लाइफ ज्याकेट डोरी जस्ता उद्धारका सामग्री उपलब्ध गराएको उनको भनाइ छ। विपद् उद्धार कोषका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेको उनले  बताइन्। 

उता, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार प्रदेश सरकार मातहत सुरक्षा संयन्त्र नहुनु र अधिकार अस्पष्ट हुनुले ठोस तयारी भएको छैन। बर्खाको मौसम सुरु भएसँगै स्थानीय सरकारसँग समन्वय र सहकार्य बाक्लो बनाइएको उनी बताउँछन्। प्रदेश सरकार मातहत त्यस शीर्षकमा बजेटको अभाव हुनु र नीतिगत समस्याको कारण अलमल भइरहेको उनले बताए। 

‘खासमा भन्नुपर्दा टेक्निकल तयारी छैन,’ उनी भन्छन् , ‘प्रदेश मातहत सुरक्षा संयन्त्र नहुनु र प्रदेशको क्षेत्राधिकार पनि नपरेको कारण खास तयारी भएको छैन।’ 

१३७ वटै स्थानीय तह संग बारम्बार समन्वय गरिरहेकाले विगतमा जस्तो समस्या नआउने उनको बुझाइ छ।

सम्बन्धित

  • चन्द्रनहरका एक दर्जन साइफन र कल्भर्ट थुनिँदा स्थानीयलाई बाढीको पिरलो

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्