काठमाडौं– महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर ठिमी नगरपालिका–३, कौशलटारबाट लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ।
भक्तपुर कौशलटारबाट काठमाडौंतर्फ जाँदै गरेको बा६६प २०५७ नम्बरको स्कुटरमा दुर्घटना भएर सडकको रेलिङ क्षति गराई फरार हुन खोज्दा प्रहरी टोलीले स्कुटर चालक ललितपुर बाडेगाउँका २९ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको थियो।
श्रेष्ठलाई जाँच गर्दा उनको साथबाट नुफिन, फेनारागन र डाइजेपाम गरी १ सय ३ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी भक्तपुर ठिमी नगरपालिका–४, नयाँठिमीबाट दोलखा घर भई भक्तपुर नयाँठिमी बस्ने वर्ष १९ को अञ्जन राई र झापा घर भई सोही स्थान बस्ने वर्ष २४ का अनुप खड्कालाई लागुऔषधसहित पक्राउ गरेको छ। निजहरूको साथबाट लागुऔषध ट्रामा ४१ पिस बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।