काठमाडौं- कपिलवस्तुमा दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका-१, चोरखोला स्थितमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ९३२६ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको ना६ख ९९१० नम्बरको बस मंगलबार राति १०ः५० मा एकआपसमा ठक्कर खाएका हुन्।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार दुवै बसमा गरी ५४ जना सवार रहको र ४० जना घाइते भएका थिए। २० जना सामान्य घाईते भएकाको स्थानीय अस्पतालमा सामान्य उपचारपश्चात् राति नै घर पठाइएको छ भने २० जनाको चौराह अस्पताल बुटवलमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।