विराटनगर- प्रहरीले ६० किलो चाँदीसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। असार १६ गते साँझ जिल्ला मोरङ विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत अररिया, विहार, जोगबनी-१६ बस्ने वर्ष अन्दाजी २४ वर्षीय सवारी चालक गौरव कुमार साह रहेका छन्।
सवारी साधन चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिआर ११ एके १७९१ नम्बरको गाडीबाट सो परिमाणको चाँदी बरामद प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनको सवारीलाई समेत नियन्त्रणमा लिएको छ।
साहलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको छ।
बरामद गरिएको चाँदीको अनुमानित बजारमूल्य करिब ३७ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।