काठमाडौं– मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन, अर्को बैठकमा सम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय।
२) त्रिभुवन विश्वविद्यालयका तीन स्नातकोत्तर उपाधिमा सुरेन्द्रको चलखेल, कर्मचारीको मिलेमतोमा दर्जन विषयमा नम्बर थप।
३) प्रदेश सरकारको बजेट खर्चको अवस्था संघको भन्दा नाजुक, आर्थिक वर्ष सकिन २ साता मात्रै बाँकी, सातै प्रदेशको बजेट खर्च ४० प्रतिशत कटेन।
४) कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल फेरि आमनेसामने, अर्जेन्टिनासँग अबको खेल अर्को ऐतिहासिक हुने ब्राजिलियन मिडियाको तर्क।
५) र, अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किँदा १८ को मृत्यु, जनजीवन अस्तव्यस्त, करिब एक हजार व्यक्तिलाई सुरक्षित स्थानमा लगियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।