काठमाडौं– गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको कीर्ते हस्ताक्षर गरी करिब १ अर्ब ९ करोड रुपैयाँ ठग्ने योजना असफल भएको छ।
गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारणले भएको र क्षतिपूर्ति रकम स्वरूप उपलब्ध गराउन भन्दै काभ्रेको रोशी गाउँपालिकालाई पत्र लेख्ने लक्ष्मी अधिकारी र निजका श्रीमान् राजनकुमार गाग्ले पक्राउ परेपछि यो रहस्य खुलेको हो।
क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी १ अर्ब ८ करोड ७६ निर्णय भएको भन्दै प्रवक्ता सुवेदीको हस्ताक्षर कीर्ते गरी उनीहरुले ठग्न खोज्नेका थिए।
काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट काभ्रे धुलिखेलका उनीहरुलाई महानगरीय प्रहरी वृत सिंहदरबारले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर गरी काभ्रे रोशी गाउँपालिका–७ का वडा अध्यक्ष पोष्टनाथ बोगटीलाई लेखेको पत्र, १३ थान चेक, विभिन्न मानिसहरूको राहदानी र नगद ४२ हजार २ सय १० बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।