राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका २, बारमझियामा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु भएको छ।
मुरसिप शेखका छोरा सहप शेखको मृत्यु भएको हो। घर नजिकैको सरकारी पोखरीमा पानी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
दुई जनाको शव फेला
यसैबीच सप्तरीकै डाकनेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकामा २ जनाको शव फेला परेको छ।
डाक्नेश्वरी नगरपालिका-९ मुतनी खोलाको पुलभन्दा पश्चिमतर्फ खेतमा राजगढ गाउँपालिका-५ का ६० वर्षीय सकलदेव रामको शव फेला परेको छ।
प्रहरीले घटनाको मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित खेतमा बेवारिसे शव फेला परेको छ।
करिब साढे ५ फिट उचाईको, घाँटीमा मोतीको जस्तो देखिने हार लगाएको करिब ३५ को व्यक्ति शव पानी जमेको खेतमा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।