काठमाडौं– नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ बजारमा आएको छ।
डि.ए.आर.मुभिजले नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा मौलिकता झल्काउने गीत स्रोता र दर्शकमाझ ल्याएको हो।
गीतमा ९ जना लोक गायक/गायिकाले स्वर दिएका छन्। जसमा पुरुषतर्फ नवराज घोरासाइने, उद्धब कार्की, प्रभावन जे, शरण हुमागाईं, विवेक चौलागाईं, जीवन वडु लगायतको स्वर रहेको छ भने महिलातर्फ पार्वती कार्की, सपना कुँवर र मिङमा लामाको आवाज रहेको छ।
‘लाग्यो असार’0गीतको शब्द तथा संगीत संयोजन प्रभावन र एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन्।
हेरुका लामाको नृत्य निर्देशन रहेको गीतमा हेरुका लगायत कलाकार रश्मी भट्ट, योगराज दाहाल, सरोज दाहाल, विशाल ढकाल, विवेक चौलागाईं, आयुष्मा कार्की, रितु तामाङ, आर्या बस्नेत र सुजता भट्टले अभिनय गरेका छन्।
गितको छायांकन तथा ड्रोन रोनिश तामाङ, भिडियो सम्पादन तथा सहायक निर्देशन नवीन भट्ट, कला राजाराम गौतम, मेक अप शर्मिला सुनवार, सहायक नृत्य निर्देशन राजाराम सिंखडाले गरेका छन्।
लोक गाएक मच्चेश्वर सापकोटा र सरस्वती सापकोटाको परिकल्पनामा गीत तयार पारिएको प्रभावनजेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।