घोराही- दाङमा ट्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ। गएराति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८, टिकरीखोलामा ट्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ना५त ९०७९ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा राति २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।
साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन्। अनिलको बायाँ हातमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।