राजविराज– पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालक खडक नगरपालिका–४, खरचुहियाका २० वर्षीय सुरज चौधरीको मृत्यु भएको हो।
ना ४ ख ७६५९ को मिनी ट्रकले पुर्व जाँदै गरेको स २ प ६३१९ को मोटरसाईकललाई खडक नगरपालिका-५ मा ठक्कर दिएको थियो। ठक्करबाट चौधरी गम्भीर घाईते भएका थिए।
उनलाई उपचारका लागि सिरहाको लहानस्थित सप्तऋषी अस्पताल भर्ना गरिएका उनको सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चालकसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच सप्तरीको राजविराजमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ।
बोदेबरसाईन नगरपालिका-५ जाँजरटोल निवासी मो.ऐनुल मियाका छोरा ७ वर्षीय ईसाद मियाँको मृत्यु भएको हो।
स्थानीय मो. तसलिम मियाको खेतमा चिप्लेर लडेका बालकलाई करेन्ट लागेको र उपचारका लागि सिरहाको लहान लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
खेतमा बालकलाई कसरी करेन्ट लाग्यो भन्ने विषयमा प्रहरीले जानकारी दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।