काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) वायुसेवा निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रधानमन्त्री ओलीको भनाइ,साग बेच्नेले तिरेको करले विमान खरिदको ऋण तिर्न नसकिने स्पष्ट
२) पारमाणविक विधेयक ‘निहित स्वार्थ’बाट आएको सांसदको आरोप, ‘आणविक भट्टी खोलेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु नेपाल सिध्याउने कुरा भएको तर्क
३) चाँगुनारायण हत्याकाण्डमा आफ्नै छोरी संलग्न, ६१ वर्षीय सावित्री भट्टराईको हत्या गर्न प्रेमीसँगको मिलेमतो
४) निर्माणाधीन केन्द्रीय कारागारको ५ सय ३२ रोपनी जग्गामा ‘भू–माफिया’को आँखा, सरकारी कायम भएको ३२ वर्षपछि राणा परिवारले हाले मुद्दा
५) र, भारतको अपराजित यात्रामा विराम, विश्वकप गणितमा सेमिफाइनल पुग्न भारतलाई पनि सकस ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।