• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलको बैठकमा नेकपा सांसदले भने, 'सरकार ठिक छ भन्ने अवस्था छैन, ठिक छैन कहाँ भन्ने?'

64x64
डिबी खड्का सोमबार, असार १६, २०७६  १९:३४
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीका अघि आक्रामक रुपमा प्रस्तुत भएका छन्। नेकपा संसदीय दलको बैठकमा बोलेका २९ जना सांसदहरुले सरकार सञ्चालन, बजेट विनियोजन र पार्टी सञ्चालका विषयमा आफ्ना प्रश्न राखेका थिए। धेरै प्रश्न भने सरकारको आलोच्य कामकारबाही र बजेट विनियोजनमा ठूला नेता र मन्त्रीले गरेको मनोमानीमा केन्द्रित थिए।

पार्टी नेतृत्वप्रति पछिल्लो समय आलोचनात्मक टिप्पणी गरिरहेका नेकपा नेता जनार्द्धन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खुलेरै भने, ‘सरकार ठिक छ भन्नुपर्ने अवस्था छैन । ठिक छैन भनेर हामीले कहाँ भन्ने हो ?’ आफ्नै पार्टीको सरकार भएका कारण बाहिर आलोचना गर्दै हिँड्न नमिल्ने पार्टीमा पनि आफूलाई लागेको कुरा भन्ने वातावरण नभएको उनले दर्शाएका थिए।

केही सांसदले  प्रधानमन्त्रीले १८ घन्टा काम गरिरहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर जिम्मेवारीमा बाँडफाँडमा समानता नभएको कुरा उठाएका थिए। निकटस्थहरुलाई दोहोरो–तेहोरो जिम्मेवारी दिने तर अरु सांसदहरुलाई भूमिका विहिन बनाउने गरेको गुनासो प्रधानमन्त्री ओली समक्ष राखेका थिए। यस्तो गुनासो राख्नेमा एक नेकपा नेत्री रामकुमारी झांक्री थिइन्। उनले प्रधानमन्त्रीलाई भनिन्, ‘१८ घन्टा एक्लैले काम गरेर हुँदैन । सवै सांसदलाई काम दिनुपर्‍यो । त्यसो गर्दा काम सहज पनि हुन्छ र देखिन्छ पनि।’

सरकार सिंहदरबारबाट नभइ बालुवाटारबाट चलाइएको गुनासो पनि केही सांसदको थियो । जनताले मत दिएका व्यक्तिहरुलाई बाइपास गरेर केही आसेपासेहरुले सरकार चलाए जस्तो देखिएको भन्दै एक सांसदले भने, ‘राज्य सिंहदरबारबाट चलाउनुपर्‍यो। अहिले बालुवाटारबाट चलिरहेको छ।’

पाँच मिनेटको समय निर्धारण गरिएपनि पछिल्लो क्रममा बोल्ने नेताहरुले आक्रोशित हुँदै समय मिचेका थिए। उनीहरुले विचौलियाका मान्छे नियुक्ति भएको र त्यस्ता प्रकरणमा नेताहरु समेत जोडिएको विषय समेत उजागर गरेका थिए। 

धेरै सांसदहरुले समृद्ध नेपाल सुखी नेपालीको कार्याभार पूरा गर्न सिंगो संसदीय दललाई कसरी गाइड गर्ने, पार्टीलाई कसरी अघि बढाउने र सरकार कसरी चलाउने ? भन्ने विषयमा वृहद् छलफल गरेर गाइडलाइन बनाउन जरुरी भएको मत राखेका थिए। 

विधेयकको  विवाद र स्थानीय तहको अनियमितताका विषयमा समेत कुरा उठेको थियो ।  संविधानअनुसार ७५३ छुट्टै सरकार भएपनि त्यहाँ चुनिएका पार्टीका सदस्य भएकाले केही न केहीले उनीहरुलाई ‘साइज’मा राख्नुपर्ने मत सांसदहरुको थियो। सांसदहरुको भनाइ थियो, ‘अहिले स्थानीय सरकारका प्रतिनिधीहरुका गतिविधीका कारण जनताले स्थानीय सरकार भन्न मन नपराउने अवस्था छ। उनीहरुका गतिविधीलाई कुनै न कुनै तरिकाले नियन्त्रण गर्नुपर्छ।’ 

स्थानीय तहको जनप्रतिनिधी र प्रदेश जनप्रतिनिधीको मनलाग्दी सेवासुविधा लिने  निर्णयले संघीयता धरापमा परेको समेत एक सांसदले बताएका थिए। यी गतिविधीले सरकारप्रतिको धारणा नकरात्मक बनाएको भन्दै आक्रोश पोखेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

भीम रावल र महासेठको बाझाबाझ
सांसदहरुका साथै केही मन्त्रीहरु बोलेका थिए। त्यही क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले केही गैरसंसदीय शब्द बोलेका थिए। उनले व्यक्तिगत आक्षेप लाग्ने खालका शब्द समेत प्रयोग गरेपछि नेता भीम रावल र सांसद लालबहादुर थापा उठेर प्रतिवाद गरेका थिए।

ठूला नेता र मन्त्रीहरुले आफ्नो ठाउँमा बजेट विनियोजन गरेको विषयले ठाउँ पाएको थियो। सांसदहरुले भने, ‘सक्नेहरुको ठाउँ खोलै छ, नसक्नेको ठाउँमा सुख्खा लागेको छ।’ बजेटको विनियोजन न्यायोचित नभएको भन्दै मन्त्रीहरुको आलोचना भएको थियो।

मैले डकुमेन्ट बनाए, ओलीले नहेरी साइन गर्नुभयो– प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वास बढ्दै गएकोप्रति चिन्ता प्रकट गरेका थिए। दुई अध्यक्षवीचको विश्वासलाई दर्शाउन उनले भनेका थिए, ‘एकता गर्दा हामीमा विश्वास थियो । मैले डकुमेन्ट बनाएँ, ओलीले नहेरी साइन गर्नुभयो।’ प्रचण्डले पार्टी एकता ढिलो भएकोमा समेत चिन्ता व्यक्त गरेका थिए। केही समयमै आफूहरुले सक्ने आश्वासन समेत दिएका थिए।

शान्त ओली
अरुले बेला क्रियाको प्रतिक्रिया दिने प्रधानमन्त्री ओलीबाट सोमबारको बैठकमा सांसदहरुले त्यस्तै अपेक्षा गरेका थिए। सांसदहरु चर्को रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीको जफाव पनि चर्कै हुने उनीहरुको आंकलन विपरित प्रस्तुत भए । एक सांसदले भने, ‘आज  उहाँले सदाको झैं ओठे जफाव दिनुभएन । सरल र सन्तुलित रुपमा प्रस्तुत हुनुभयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिउसो १ः३० बाट सुरु भएको बैठक साझ ६ बजेसम्म चलेको थियो। बैठकमा २९ सांसद, तीन मन्त्री र दुई पार्टी अध्यक्ष गरी ३४ जनाले आफ्ना भनाइ राखेका थिए।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्