• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलको बैठकमा नेकपा सांसदले भने, 'सरकार ठिक छ भन्ने अवस्था छैन, ठिक छैन कहाँ भन्ने?'

64x64
डिबी खड्का सोमबार, असार १६, २०७६  १९:३४
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीका अघि आक्रामक रुपमा प्रस्तुत भएका छन्। नेकपा संसदीय दलको बैठकमा बोलेका २९ जना सांसदहरुले सरकार सञ्चालन, बजेट विनियोजन र पार्टी सञ्चालका विषयमा आफ्ना प्रश्न राखेका थिए। धेरै प्रश्न भने सरकारको आलोच्य कामकारबाही र बजेट विनियोजनमा ठूला नेता र मन्त्रीले गरेको मनोमानीमा केन्द्रित थिए।

पार्टी नेतृत्वप्रति पछिल्लो समय आलोचनात्मक टिप्पणी गरिरहेका नेकपा नेता जनार्द्धन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खुलेरै भने, ‘सरकार ठिक छ भन्नुपर्ने अवस्था छैन । ठिक छैन भनेर हामीले कहाँ भन्ने हो ?’ आफ्नै पार्टीको सरकार भएका कारण बाहिर आलोचना गर्दै हिँड्न नमिल्ने पार्टीमा पनि आफूलाई लागेको कुरा भन्ने वातावरण नभएको उनले दर्शाएका थिए।

केही सांसदले  प्रधानमन्त्रीले १८ घन्टा काम गरिरहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर जिम्मेवारीमा बाँडफाँडमा समानता नभएको कुरा उठाएका थिए। निकटस्थहरुलाई दोहोरो–तेहोरो जिम्मेवारी दिने तर अरु सांसदहरुलाई भूमिका विहिन बनाउने गरेको गुनासो प्रधानमन्त्री ओली समक्ष राखेका थिए। यस्तो गुनासो राख्नेमा एक नेकपा नेत्री रामकुमारी झांक्री थिइन्। उनले प्रधानमन्त्रीलाई भनिन्, ‘१८ घन्टा एक्लैले काम गरेर हुँदैन । सवै सांसदलाई काम दिनुपर्‍यो । त्यसो गर्दा काम सहज पनि हुन्छ र देखिन्छ पनि।’

सरकार सिंहदरबारबाट नभइ बालुवाटारबाट चलाइएको गुनासो पनि केही सांसदको थियो । जनताले मत दिएका व्यक्तिहरुलाई बाइपास गरेर केही आसेपासेहरुले सरकार चलाए जस्तो देखिएको भन्दै एक सांसदले भने, ‘राज्य सिंहदरबारबाट चलाउनुपर्‍यो। अहिले बालुवाटारबाट चलिरहेको छ।’

पाँच मिनेटको समय निर्धारण गरिएपनि पछिल्लो क्रममा बोल्ने नेताहरुले आक्रोशित हुँदै समय मिचेका थिए। उनीहरुले विचौलियाका मान्छे नियुक्ति भएको र त्यस्ता प्रकरणमा नेताहरु समेत जोडिएको विषय समेत उजागर गरेका थिए। 

धेरै सांसदहरुले समृद्ध नेपाल सुखी नेपालीको कार्याभार पूरा गर्न सिंगो संसदीय दललाई कसरी गाइड गर्ने, पार्टीलाई कसरी अघि बढाउने र सरकार कसरी चलाउने ? भन्ने विषयमा वृहद् छलफल गरेर गाइडलाइन बनाउन जरुरी भएको मत राखेका थिए। 

विधेयकको  विवाद र स्थानीय तहको अनियमितताका विषयमा समेत कुरा उठेको थियो ।  संविधानअनुसार ७५३ छुट्टै सरकार भएपनि त्यहाँ चुनिएका पार्टीका सदस्य भएकाले केही न केहीले उनीहरुलाई ‘साइज’मा राख्नुपर्ने मत सांसदहरुको थियो। सांसदहरुको भनाइ थियो, ‘अहिले स्थानीय सरकारका प्रतिनिधीहरुका गतिविधीका कारण जनताले स्थानीय सरकार भन्न मन नपराउने अवस्था छ। उनीहरुका गतिविधीलाई कुनै न कुनै तरिकाले नियन्त्रण गर्नुपर्छ।’ 

स्थानीय तहको जनप्रतिनिधी र प्रदेश जनप्रतिनिधीको मनलाग्दी सेवासुविधा लिने  निर्णयले संघीयता धरापमा परेको समेत एक सांसदले बताएका थिए। यी गतिविधीले सरकारप्रतिको धारणा नकरात्मक बनाएको भन्दै आक्रोश पोखेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

भीम रावल र महासेठको बाझाबाझ
सांसदहरुका साथै केही मन्त्रीहरु बोलेका थिए। त्यही क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले केही गैरसंसदीय शब्द बोलेका थिए। उनले व्यक्तिगत आक्षेप लाग्ने खालका शब्द समेत प्रयोग गरेपछि नेता भीम रावल र सांसद लालबहादुर थापा उठेर प्रतिवाद गरेका थिए।

ठूला नेता र मन्त्रीहरुले आफ्नो ठाउँमा बजेट विनियोजन गरेको विषयले ठाउँ पाएको थियो। सांसदहरुले भने, ‘सक्नेहरुको ठाउँ खोलै छ, नसक्नेको ठाउँमा सुख्खा लागेको छ।’ बजेटको विनियोजन न्यायोचित नभएको भन्दै मन्त्रीहरुको आलोचना भएको थियो।

मैले डकुमेन्ट बनाए, ओलीले नहेरी साइन गर्नुभयो– प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वास बढ्दै गएकोप्रति चिन्ता प्रकट गरेका थिए। दुई अध्यक्षवीचको विश्वासलाई दर्शाउन उनले भनेका थिए, ‘एकता गर्दा हामीमा विश्वास थियो । मैले डकुमेन्ट बनाएँ, ओलीले नहेरी साइन गर्नुभयो।’ प्रचण्डले पार्टी एकता ढिलो भएकोमा समेत चिन्ता व्यक्त गरेका थिए। केही समयमै आफूहरुले सक्ने आश्वासन समेत दिएका थिए।

शान्त ओली
अरुले बेला क्रियाको प्रतिक्रिया दिने प्रधानमन्त्री ओलीबाट सोमबारको बैठकमा सांसदहरुले त्यस्तै अपेक्षा गरेका थिए। सांसदहरु चर्को रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीको जफाव पनि चर्कै हुने उनीहरुको आंकलन विपरित प्रस्तुत भए । एक सांसदले भने, ‘आज  उहाँले सदाको झैं ओठे जफाव दिनुभएन । सरल र सन्तुलित रुपमा प्रस्तुत हुनुभयो।’

दिउसो १ः३० बाट सुरु भएको बैठक साझ ६ बजेसम्म चलेको थियो। बैठकमा २९ सांसद, तीन मन्त्री र दुई पार्टी अध्यक्ष गरी ३४ जनाले आफ्ना भनाइ राखेका थिए।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
पोखरामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्