वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्यासी बनेका नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले आफ्नो व्यवसायमा अन्डरवल्र्ड माफिया दाउद इब्राहिमको लगानी प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
वीरगञ्जमा नेपाल लाइभसँगको विशेष कुराकानीमा अन्सारीले आफ्नो जित सुनिश्चत देखेपछि विपक्षीले अनेक लाञ्छना लगाउन थालेको बताए। उनले आफ्नो वीरगञ्ज नेसनल मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल कलेजमा दाउदको लगानी प्रमाणित भए कुनै पनि सजाय भोग्न तयार रहेको बताएका हुन्।
उनले आफू एमालेमा प्रवेश गरेसँगै सम्बन्धन, कर छली र दाउदको लगानीजस्ता निराधार आरोप विपक्षीको डिजाइनमा लगाएइको बताए। अन्सारीको दाउदसँग साँठगाँठको खुलासा नेपाल लाइभले गरेको थियो। भारतीय दूतावासले २०६२ भदौ २२ मा परराष्ट्र मन्त्रालयमा पत्र लेख्दै अन्सारी सञ्चालक रहेका मेडिकल कलेजमा दाउदको लगानी रहेकाले छानविन गर्न आग्रह गरेको थियो।
‘म राष्ट्रवादी मान्छे हुँ, मेयर पदमा मनोनयन दिएयता विरोधीहरु तर्सिएर विभिन्न आरोप लगाएका छन्,’ भिडियो कुराकानीमा उनले भनेका छन्।
वीरगञ्जमा नेपाल लाइभका लागि रुपेश श्रेष्ठले अन्सारीसँग गरेको भिडियो वार्ता हेरौंः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।