काठमाडौँ- अध्यनका लागि अमेरिका जाने नेपाली विद्यार्थीलाई अब ‘भिसा पारस्परिकता’ शुल्क नलाग्ने भएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार आजैका दिनदेखि उक्त शुल्क नलाग्ने भएको हो।
भिसा पारस्परिकता शुल्क बाफत अमेरिका अध्यन गर्न जाने नेपाली विद्यार्थीले यसअघि २ सय अमेरिकी डलर तिर्दै आएका थिए।
आवेदन तथा सेवा शुल्क बाफतको रकम भने विद्यार्थीले तिनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।