काठमाडौं- आफू प्रधानाध्यापक रहेको स्कुलमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ मा रहेको श्री सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्राध्यापक अनिल कुमार ठाकुर छन्।
उनलाई बारा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो। उनले २० जनालाई आफूले पढाउने स्कुल सगरदिनामा जागिर लगाइदिन्छु भन्दै ६१ लाख १४ हजार ५ सय ठगी गरेका प्रहरीको भनाइ छ।
उनले प्रतिव्यक्ति २ देखि ५ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शिक्षक विरुद्ध ठगी मुद्धामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।