काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटीमा आइतबार बिहान भएको वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्यामा संलग्नलाई प्रक्राउ गरेको हो।
कति जनालाई र को-को व्यक्ति पक्राउ परे भन्ने खुलाइएको छैन।
छोरीको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार बिहान घरमा नै हत्या भएको थियो। घाँटी रेटी उनको हत्या भएको हो। उनको स्थायी ठेगाना भने सिन्धुपाल्चोक बाँडेगाउ भएको बताइएको छ।
६० वर्षीया वृद्धाको हत्या पैसाका लागि गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ। हत्यापछि २२ लाख रुपैयाँ लुटेर लगिएको पीडित परिवारको आरोप छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका व्यक्तिको नाम र हत्याको कारणबारे आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।