काठमाडौं- काठमाडौंको प्रर्दशनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रशासन र अध्ययनरत विद्यार्थीले कलेज अगाडि थुपारिएको फोहर उठाउन माग गर्दै प्रर्दशन गरेका छन्।
महानगरपालिकालाई फोहर उठाउनका लागि पटकपटक गरेको आग्रह सुनुवाई नभएपछि विद्यार्थी महानगरको विरोधमा उत्रिएका हुन्।
आईतबार विद्यार्थी तथा कलेज प्रशासनले शहर सफा राख्न , कलेजको अगाडिको फोहर हटाउन मा गर्दै कलेज अगाडि विरोध गरेका हुन्।
कलेजको गेटमा नै थुपारिएको फोहरले र्दुगन्ध फैलिंदा पठन पाठन नै प्रभावित भएकाले आफुहरु बाध्य भएर विरोध प्रर्दशनमा उत्रनु परेको क्याम्पस प्रमुख गणेश प्रसाद घिमिरेले बताए। 'फोहर उठाउनका लागि महानगरसंग कैयौं पटक अनुरोध गरेपनि सुनुवाई भएको छैन,' क्याम्पस प्रमुख घिमिरेले भने।
महानगरले प्रर्दशनी मार्ग वरपरको संकलित फोहर वाल्मीकि क्याम्पस अगाडि संकलन गरेर पुन उठाउने गर्दछ।
सो स्थानमा थुपारिएको फोहरलाई बिहान ८ बजे अगावै उठाउन माग गर्दे आएपनि महानगरले सनुवाई नगरेको कलेज प्रशासन र स्थानीयको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।