ललितपुर- पृथ्वी राजमार्गको कृष्णभीरमा ३ वटा सवारी साधन एकैसाथ ठोकिएपछि भएको दूर्घटनामा परेका २० घाइतेको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
धादिङको बेनिघाटमा पर्ने कृष्णभीरमा २ वटा माइक्रोबस र बस ठोक्किएपछि भएको दूर्घटनाका घाइतेलाई ललितपूरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याइएको हो।
मेडिसिटी भर्ना भएका बिरामीमध्ये ३ जनालाई सघन उपचार कक्षमा राखिएको छ। ५ जना साधारण बेडमा तथा अन्यको आकस्मिक कक्षमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
बिरामीहरुको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन केही समय लाग्ने उपचारमा संलग्न चिकित्सहरुको भनाई छ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ख १००४ नम्बर भएको तथा बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा धादिङ साबिक महादेवस्थान-८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेको प्रहरीले जानकारी दिएको छ। दुवै जनको शव गजुरी अस्पतालमा रहेको छ ।
उक्त दुर्घटनामा तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका थिए।
घाइतेमध्ये २० जनालाई उपचारका लागि मेडिसिटी भर्ना गरिएको हो। ७ जनाको गजुरी अस्पतालमा र २ जनाको चरौंदीमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हाल नेपाल मेडिसिटी अस्पतालमा उपचारार्थ बिरामीहरुको नाम यस प्रकार रहेको छः
- रेखा बस्याल नेपालीः पोखरा
- नरदेवी बुढाथोकीः म्याग्दी
- सिरज बरालः महेन्द्रनगर
- पप्प शाहः सर्लाही
- राजकुमार नेपालीः लामिडाँडा
- मिलन सुवेदीः कास्की
- निराजन बर्ताैलाः आइसियु
- सिम्रन भट्टराईः आइसियु
- सुशीला कँडेलः बेनिघाट
- सुमन सुनारः तनहुँ
- सुमन आलेः छाङ
- सारदा पौडेलः भैरहवा
- श्याम रानाः स्याङ्जा
- रमेश घिमिरेः चितवन
- रेनु यादवः नवलपरासी
- एन्जिरा यादवः नवलपरासी
- विनय घिमिरेः पाल्पा
- शान्ति क्षेत्रीः चितवन
- गंगा क्षेत्रीः चितवन
- सोनम रानामगरः सुनौली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।