काठमाडौ– तराईका जिल्लामा खुला सीमानाका कारण चुनावको समयमा सुरक्षा चुनौती बढ्ने भन्दै निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई विशेष सुरक्षा व्यवस्था गर्न निर्देशन दिएको छ।
सोमबार आयोगमा बसेको उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकपछि आयोगले यस्तो निर्देशन दिएको हो।
आयोगले बोलाएको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु उपस्थित थिए। अयोगले सुरक्षाका दृष्टिले संवेदनशील बुथहरुको पहिचना गरी सुरक्षा दिन आग्रह गरेको छ। मतदान केन्द्रहरुमा आवश्यक सुरक्षा दिनेगरी योजना बनाउन आयोगले सुरक्षा निकायसँग आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
बाढीले भत्काएका बाटोहरुको पुनःनिर्माण गरेकोमा नेपाली सेनाको प्रशंसा गर्दै आयोगले उक्त कार्य जारी राख्न पनि आग्रह गरेको छ।
तराईका भारतीय सीमासँग जोडिएका क्षेत्रमा रहेका निर्वाचन केन्द्रको विशेष सुरक्षा व्यवस्था गर्न आग्रह गरिएको प्रवक्ता ढकालले बताए। आयोगले निर्वाचनका अन्य तयारीहरु पूरा भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।