काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) चार दशक अघिसम्म धान निर्यात गर्ने नेपाल परनिर्भर बन्दै, धानको उत्पादन घटेसँगै आर्थिक सूचकहरुमा असर ।
२) आफ्नै कार्यकालमा बेरोजगारी र गरिबी हट्ने प्रधानमन्त्री ओलीको दाबी, मिलेर काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह ।
३) जेठमा मात्रै भ्रमण शीर्षकमा साढे ५ करोड निकासा, राष्ट्रपतिको चीन भ्रमणमा मात्रै ३ करोड खर्च ।
४) सर्वाधिक १५ पटक कोपा अमेरिका जितेको उरुग्वे क्वार्टरफाइनलबाटै बाहिरियो, पेनाल्टी सुटआउटमा उरुग्वे चुकेपछि पेरु शीर्ष ४ मा, सेमिफाइनल समीकरण पूरा ।
५) दुई कोरिया विभाजन गर्ने निशस्त्रीकरण इलाकामा ट्रम्प र किमबीच भेटवार्ता, विगत स्पष्ट बनाएर भविष्यतिर जाने किमको भनाई ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।