काठमाडौं- बलिउड स्टार आमिर खानको ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’मा अभिनय गरेर एकाएक चर्चामा आएकी बलिउडकी लोकप्रिय बाल कलाकार जायरा वसीमले बलिउड छाड्ने निर्णय गरेकी छिन्।
फेसबुकमा लामो फेसबुक स्टाटस लेख्दै उनले आफ्नो धर्म र अल्लाहको नाममा यस्तो फैसला गरेको जानकारी दिएकी हुन्। फिल्ममा काम गरिरहेको बखत आफू आफ्नो धर्मसँग भड्किएको समेत उनले बताएकी छिन्। ‘पाँच वर्षअघि मैले एउटा निर्णय गरेकी थिएँ, जसले मेरो जीवन सधैँभरीका लागि बदल्दियो,’ उनले भनेकी छिन्, ‘मैले बलिउडमा कदम चालेँ र मेरो अपार लोकप्रियताको ढोका खुल्यो। म दर्शकको नजरमा पर्न थालेँ । मलाई सफलताको मानकसरह प्रस्तुत गर्न थालियो र युवाहरुमाझ रोलमोडलका रुपमा चिनाउन पनि थालियो। तर म कहिल्यै पनि यस्तो गर्न चाँहदिन थिए, न यस्तो बन्न नै चाहन्थें ।’




‘खासगरी सफलता र असफलतालाई लिएर मेरो विचार यस्तो थिएन, किनकी म त भर्खर सोच्ने र बुझ्ने भएकी थिएँ,’ उनकोे भावुक स्ट्याटसमा लेखिएको छ, ‘जब आज मेरो बलिउड यात्राले ५ वर्ष पुरा गर्यो, म यो स्वीकार गर्न चाहन्छु कि, म यो पहिचानदेखि खुशी छैन। लामो समयपछि मैले के महसुस गरेँ भने म यो संघर्ष त अरु कोही बन्नका लागि पो गरिरहेको रैछु। ’ उनको लामो स्ट्याटसमा उनले ‘कुरान’मा उल्लेख भएका थुप्रै जीवनदर्शनका भनाईहरु समेत उल्लेख गरेकी छिन्। र, भनेकी छिन्, ‘जीन्दगी एकदमै छोटो छ तर आफैसँग लड्नका लागि यो एकदमै लामो पनि छ । त्यसैले आज म आधिकारिक रुपमा यो क्षेत्रसँग अलग हुने घोषणा गर्दछु। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।