जनकपुर- सर्लाहीमा प्रहरीको गाेली प्रहारबाट एक जनाकाे मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका पूर्वपश्चिम राजमार्ग बाँके जंगलमा गोली चलेको हाे।
प्रहरीकाे गाेली लागेर २७ वर्षीय केवल महताेकाे मृत्यु भएकाे बताइएकाे छ।
स्थानीय श्रीनगर झर्ने बाटोमा गोली चलेको हाे।
शनिबार साँझ ईश्वरपुर नगरपालिकामा पोखरीमा बच्चा डुबेको विषयलाई लिएर सडक आन्दोलन गर्न पुगेका आन्दाेलनकारीमाथि ढुंगामुढा भएकाे र प्रहरीले हवाई फायर गरेको प्रहरीले बताएकाे छ।
करिब १५ राउन्ड जति हवाई फाएर भएकाे र १२ राउन्ड अश्रुग्यास प्रहार भएकाे थियो।
घटनामा सशस्त्रका तीन जना प्रहरीसमेत घाइते भएका छन्।
घटनाकाे थप विवरण आउन बाँकी छ।
सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमित बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो।
बालकको मृत्युपश्चात् जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा खोलामा अवैध उत्खनन गरेकोेले डुबेर बालकको ज्यान गएको स्थानीयले आराेप लगाएका छन्।
उक्त खाल्डाे गिट्टी बालुवा अवैध उत्खनन् गरी बनाइएकाे भएकाे भन्दै स्थानीय र बालकका आफन्त आक्राेशित भई सडकमा अवराेध गर्न पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।