धनगढी- कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ।
घटनामा अन्य दुई जना घाइते भएका छन्। तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए।
नदी माथिको तुइन (फेरी) तर्ने क्रममा अचानक ‘लक’ चुँडिएपछि तीनै जना नदीको किनारामा खसेका घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो।
दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।