तेहरान- इरानमा भएको प्रदर्शनका क्रममा पछिल्लो दिन १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका रहेका छन्। सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ।
स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी सहर इजेहमा गोली हानी हत्या भएको बताए। यी बाहेक एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन्। इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या विगत चार दिनमा १२ पुगेको छ।
यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। अधिकारीले जनाएअनुसार मुल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएको छ।
प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी रहेका उनीहरुले बताएका छन्।
राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन्।
रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।