कलाकारका हरेक गतिविधिमा दर्शकको चासो हुनु स्वाभाविक हो । आफ्नो प्रिय कलाकारले के खान्छ, के लाउँछ, कहाँ–कहाँ जान्छ भन्ने विषयमा पनि जान्ने मन हुन्छ । हामीले अभिनेत्री स्वस्तिमा खड्कासँग खानपिन संवाद गरेका छौँ :
खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ ?
म खासै फुडी छैन । समय र परिस्थितिअनुसार जे छ, त्यसमै चित्त बुझाउन सक्छु।
विशेष गरी कस्तो खाना मनपर्छ ?
मलाई मिठाइ एकदमै मनपर्छ । खासगरी गुलिया कुराहरुमा मेरो खुब रुची छ।
बिहान, दिउँसो र बेलुकीमा कस्तो खाना खान रुचाउनुहुन्छ ?
बिहान–बेलुका मलाई भात अनिवार्य चाहिन्छ । दिउँसो जे पनि खाइदिन्छु तर हेल्दीचाँही हुनुपर्यो ।
जंकफुड कत्तिको रुचाउनुहुन्छ ?
पहिले–पहिले त खुब खाइन्थ्यो, अचेल त्यति मन लाग्दैन । अहिले एकदमै कम खाइन्छ, ज्यादै इच्छा लागेका बेलामात्र।
ड्रिंक्समा के पिउन रुचाउनुहुन्छ ?
दिनमा एक ग्लास जुस पिएकै हुन्छु ।
विदेश जाँदा के खान रुचाउनुहुन्छ ?
त्यहाँ जे पाउँछ, त्यही खान्छु । ठ्याक्कै यही भन्ने छैन । बरु त्यो देशको स्पेशल खाना टेस्ट गर्न खोज्छु, मिठो लागे दोहोर्याएर खान्छु नत्र खाँदिनँ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।