कलैया– केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ।
जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए।
शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले पुस १७ देखि २१ सम्म ५ दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।