काठमाडौं- म्यूजिक एरेन्जरहुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन्। रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतको भिडियोमा मोडलद्धय नग्मा श्रेष्ठ र सोहम फिचर्ड छन्। माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।