राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा बजारस्थित अञ्जनी ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको छ।
चोरले पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी सञ्चालक राजेश्वर साह सोनारले बताए।
पीडितको जाहेरीका आधारमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताका सई भुवन कार्कीले बताए।
सप्तरीमा पछिल्लो समय सदरमुकाम राजविराजका साथै ग्रामीण क्षेत्रमा समेत चोरीका घटना भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।